Showing posts with label लेखनाथ. Show all posts
Showing posts with label लेखनाथ. Show all posts

Thursday, February 23, 2012

लेखनाथ जेसीजको पदस्थापना सम्पन्न



 लेखनाथ ११ फागुन

 लेखनाथ जेसीजको १३ औं शाखा अधिवेशनवाट वर्ष २०१२ का लागि सर्वसम्वत रुपमा चयन गरिएका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

 नेपाल जेसीजका निरुपीत कार्यकारीणी उपाध्यक्ष राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जेसीज परम्परा अनुसार वर्ष २०१२का अध्यक्ष विवेकलाल श्रेष्ठलाई वर्ष २०११ का अध्यक्ष नविन प्रसाद वास्तोलाले पद हस्तान्तरण गरी पद तथा गोपनियताको सपथ गराएका थिए । भने बर्ष २०१२ का अध्यक्ष विवेकलाल श्रेष्ठले आप्mना कार्य समितिका सदस्यहरुलाई
सपथ गराएका थिए ।

 सोहि अवसरमा लेखनाथ जुनियर जेसीजका वर्ष २०११का अध्यक्ष कृष्ण कडेलले वर्ष २०१२का अध्यक्ष राजन परियारलाई पद हस्तान्तरण गराएका थिए।

 कार्यक्रममा नेपाल जेसीजका निरुपीत कार्यकारीणी उपाध्यक्ष राजेन्द्र पौडेलले देशमा शान्ति र शुसान कायम गर्नका लागि शान्ति संविधान अपरीहार्य भएको तर्क राख्दै राजनितीक दल र नेताहरुलाई दवाव दिनका लागि अव युवाहरुको साझा सस्था जेसीजले अग्रणी भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।

 लेखनाथ जेसीजका अध्यक्ष विवेकलाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष पशुपति शर्माले जेसीजले सरकार र सत्ताको लागि होईन देशमा शान्ति शुसानका लागि देशभर जागरण अभियान ल्याउने तयारी गरिरेको विचार राखेका थिए ।

 सोहि अवसरमा लेखनाथ नगरपालिकाका कानुनि सल्लाकार राममणि अधिकारी, लेखनाथ जेसीजका सस्थापक अध्यक्ष वावुराम जमरकटेल,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भटराई,पोखरा जेसीजका अध्यक्ष सन्तोष पोख्रेल,व्यास जेसीजका अनिल श्रेष्ठ,शुक्ला गण्डकी जेसीजका भीमप्रसाद सुवेदी,लम्जुङ जेसीजका खेमराज तामाङ,लेखनाथ जेसीजका पुर्व अध्यक्ष एल के शर्मा, लक्ष्मी त्रिपाठी, नेत्रपाणि वास्तोला, हरिप्रसाद लामीछाने, सुरेन्द्रराज अधिकारी,नरेन्द्र वास्तोला सुरजजङ राणा र ऋषिराम जमरकटेल,संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,स्थानीय समाजसेवी नन्दवहादुर गुरुङ,कार्यक्रम संयोजक तथा लेखनाथ जेसीजका कार्यकारीणी उपाध्यक्ष विनोद प्रसाद लामिछाने र लेखनाथ जेसीजका महासचिव नरेन्द्रराज वराल लगाएतले आ आफनो धारणा राखेका थिए ।

 कार्यक्रममा हरेक वर्ष वितरण गरिदै आएको पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीद्धारा स्थापीत दिनानाथ अवार्डवाट वर्तमान कार्यसमितिका सल्लाहकार रामचन्द्र सुवेदी र नेत्रपाणि वास्तोलावाट स्थापना गरिएको अमृता सम्मेलन अवार्डवाट जेसीज भन्दा वाहिर रहेर जेसीजलाई सहयोग गर्ने प्रकासमणि भण्डारीलाई अवार्ड प्रदान गरिएको थियो ।

Sunday, February 5, 2012

के सिकाउँछ विपश्यनाले

सुरज कुवँर

राम्रो राजनीति चेतना भएका एक अग्रजलाई मैले 'विपश्पना जाँदै छु' भन्दा उनले हकार्दै भनेका थिए, 'धत् ! क्षेत्रीको छोरा भएर, साधु हुन थाल्यौ कि क्या हो ?' उनले क्षेत्री शब्द उच्चारण गर्दै मलाई हो जस्तो लागेकै हो । तर, एकपटक भोगौं न कस्तो हुँदोरै'छ, 'साधु भए बालै भएन !' ठान्दै यसपटकको जाडो बिदामा उपत्यकाको उत्तरी भेगमा रहेको विपश्यना केन्द्र पुगें ।
सहरमा मेसिनजस्तो जीवन गुजारिरहेका युवायुवतीको जमात त्यहाँ भेटियो । १० दिन मौन व्रत बसेर अन्तरमन सफा गर्न आएका साधक/साधिकाहरूको भीडमा विदेशीहरू पनि थिए । सयजनाको भीडमा तीनपुस्ते उपस्थितिले मलाई विपश्नामा केही 'ग्य्राभिटी' छ, जसको मैले भरपूर उपयोग गर्न सक्नुपर्छ झैं भयो ।

चराले सास फेरेकै शैलीमा दस दिन चुप बसेर
अन्तरमनलाई नियालेर बसियो । विपश्यना जानुअघि लोभ, मोह, अहंकार, भय, वासनाजस्तै विकार भरिने मनलाई यसअघि मैले धुलाउन तपोवन पुर्‍याएँ, विकासानन्द सुनें, थुप्रै गुरु/महाराजका प्रवचनका किताब पढें तर यसपटक विपश्यना नामको वासिङ मेसिनमा मनलाई छप्ल्याङ छुप्ल्याङ मज्जाले पखालें । त्यहाँ मन पखाल्दा पाएको आनन्द व्यख्या गर्न निकै शब्द खर्चिनुपर्ला ।     

विपश्यनाको शाब्दिक अर्थ यस्तो छ । वि भनेको, 'गहिरो ।', पश्यना भनेको 'हेर्नु हो ।' आफूलाई गहिरो गरी हेर्ने कला नै विपश्यना हो । आनापाना विपश्यनाको पहिलो खुड्किलो हो । यो सास फेर्ने अभ्यास हो । यसमा सासको कसरत वा नियन्त्रण होइन सास जान्ने काम मात्रै हुन्छ । यही पुरानो विधिमा विपश्यना अडेको छ ।

दरबार छाडेर खोजमा निस्केका गौतम बुद्धले यस ज्ञानलाई २५ सय वर्षअघि बटुलेर उत्तर भारतमा प्रचारमा ल्याएका थिए । बुद्ध दर्शनहरूअनुसार, यो विद्या त्यसबेला भारत हुँदै वर्मा, थाइल्यान्ड, श्रीलंकालगायतका मुलुकमा फैलिएको थियो । गौतम बुद्धपछि भारतमा यो विधि बिस्तारै हराउँदै गएछ । तर, बर्मेलीहरूले यसलाई जतन गरिराखेका थिए । गुरुशिष्य परम्पराद्वारा सिकाइने यसलाई सन् १९६९ वर्माका गुरु सयाजी उवाखिनले भारतीय मूलका तर बर्मेली व्यापारी सत्यनारायण गोयन्कालाई पनि यो शिक्षा सिकाए ।

गोयन्काले पुनः यो विद्यालाई भारत र नेपालमा पुनस्र्थापित गरे । हाल मुम्बईमा बस्दै आएका गोयन्काले नेपालमा पहिलोपटक १९८१ मा काठमाडौंको आनन्दकुटी महाविहारमा विपश्यनाको शिविर सञ्चालन गरेका थिए । त्यही बेला बुढानीलकण्ठमा धर्मशृङ्ग स्थापना भयो । यतिबेला नेपालको इटहरी, वीरगन्ज, कीर्तिपुर, पोखरा, चितवन र लुम्बिनीमा विपश्यनाका केन्द्र छन् । जहाँ एक दिवसीयका साथै निःशुल्क खाने-बस्ने सुविधासहित १०, ३० र ४५ दिनका शिविर हुन्छन् ।

गोयन्काले शान्तिबारे संयुक्त राष्ट्रसंघले थालेका विभिन्न कार्यक्रममा विपश्यनालाई अन्तरमनको गहराइमा छिरेर आत्मनिरीक्षणको माध्यमले आत्मशुद्धि गर्ने साधना विधि भनेका छन् । उनी भन्छन्, 'विपश्यना मन र शरीरको मानसिक अपरेसन गर्ने विधि हो ।' वैज्ञानिक अल्बर्ट आइन्सटाइनले पनि मनोविज्ञानसँग जोडिएको यस विद्याकै कारण सायद भनेका थिए, 'संसारमा कुनै दिन गौतम बुद्धको यो धर्म अग्रस्थानमा हुनेछ ।' विपश्यनाको महत्त्व पछिल्लोपटक राष्ट्रहरूले पनि बुझ्न थालेका छन् । हाम्रो मुलुकमा त होइन तर भारतका कतिपय राज्यमा कर्मचारीहरूको मानसिक र शारीरिक विकासलाई बढाउन विपश्यना शिविर अनिवार्य भनिएको सुनिन्छ ।

विषेशतः तनावपूर्ण जीवनयापन गरिरहेका अनि आत्महत्याको बाटो रोज्नेहरूका लागि यो काइदाको छ । शिक्षामा रुचि नहुने, रिसालु स्वभावका अनुशासान गुमाउँदै गएकाहरूका लागि यो अमृतसमान छ । यसले झनक्क रिसाउनेहरूको मनलाई एकाग्र, दरिलो र स्मरण शक्ति बढाइदिन्छ । पहिलोपटकको अनुभवमै जीवनका पाइला, बोली र सोचाइमा 'इरर' भेटाउन सघाउने यस विद्याले भ्रम पनि रा्रमरी चिनाउँछ ।

गोयन्काले भनेअनुसार, अज्ञानका कारण हामीले जीवनमा धेरै धोका पाएका/पाउनेछौं । अज्ञानका कारण मनका धेरैथरी विकार जम्मा गर्छौं । मन नपरेका काम कुरा हुनेबित्तिकै मनमा धेरैथरी गाठा पार्छौं । तनाव उत्पन्न गछौर्ं । विकार जगाउँछौं र व्याकुल हुन्छौं । मन नपर्ने काम कुरा जीवनभरि भइरहन्छन् । त्यस्तै हामीले चिताएको जस्तो पनि सधैंभर भइरहन सक्दैन । एउटा पूरा हुँदा अर्को रहरले टाउको उठाउँछ । दोस्रो रहर पूरा भएपछि तेस्रो, तेस्रोपछि चौथौ यसरी रहरहरूले टाउको उठाउँदै गर्छन् । यो क्रम मानिसको जीवनभर भइरहन्छ । यसको सीमा नै छैन । तर सधैं मन परेकै हुन्छ भन्ने छैन । र यो सम्भव पनि छैन । यसमा पनि बाधा आउँछ । अड्चन आउनेबित्तिकै हामी व्याकुल हुन्छौं । मनमा गाँठा पार्छौं । जीवनभर यस्तै गछौर्ं । विकार पैदा गर । तनाव उत्पन्न गर । अनि हाम्रो सम्पूर्ण मन विकारले विकृत हुन्छ । गाँठाले शरीरका रेसारेसा भरिन्छन् । यस्तो व्याकुलताले हामी शरीरभरि राख्छौं । यति मात्रै होइन । अरूलाई पनि बाँड्छौं । आफू दुःखी हँुदा अरूलाई पनि दुःखी बनाउँछौं । वरिपरि जो/जो भेटिन्छन् ती सबैलाई दुःखी बनाउँछौं । न हामी शान्तपूर्वक बाँच्छौं न अरूलाई बाँच्न दिन्छौं ।

तर यो साधनाले मानिसको चित्तलाई विकारबाट मुक्त गर्छ । विकारबाट मुक्त भएको चित्तले 'कु' सोच्दैन । राम्रो सोचाइले जीवनलाई अँध्यारो गल्लीबाट उज्यालो राजमार्गतिर डोर्‍याउँछ । संसार बदल्न आफूलाई बदल्नुपर्छ भनेकै यही हो । अर्थात् धारणाले नै जीवनमा ठूलो भूमिका निर्वाह गर्दछ । मन बदलिनुलाई यस विद्यामा ठूलो उपलब्धि मानिन्छ ।

यो कला हिन्दु, मुस्लिम, जैन, क्रिसियन, सिख, फारसी जो सुकैका लागि आवश्यक छ । जीवन ठीकसँग बाँच्न जान्नुलाई यहाँ धर्म भनिन्छ । यहाँ भनिने धर्मले साम्प्रादायिक धर्म भनेको होइन । प्राकृतिकको कानुन, रीत, नियमलाई धर्म भनिएको हो । यो सबैमा समान लागू हुन्छ । कसैलाई भेदभाव गर्दैन । धर्म शब्द सम्प्रदायको प्रायवाची बनाइनु गलत रहेको विपश्यना विद्याले भनेको छ । यसले भन्छ, 'धर्म सार्वजनिक हुन्छ । यो कुनै जाति, सम्प्रदायको हुँदैन । यो बाटो सार्वजनिक हो । यो कसैको होइन ।' गोयन्काले पुस्तक र प्रवचनमा भनेका छन्, 'कतिपयले यसलाई गौतम बुद्धसँग जोडेर बुद्धिजम भन्छन् । तर यो सत्यको बाटो खोजी गर्ने प्राकृतिक नियम मात्रै हो, यसले आत्माको दर्शन गराउँछ ।' यसले मानिसलाई भूतकाल वा भविष्यमा होइन वर्तमानमा बाँच्न सिकाउँछ ।

विपश्यनाबारे बाटो देखाउने आचार्यहरूले यो विद्या 'प्रवचन सुनेर वा किताब पढेर जानिँदैन भनेका छन् । यस विद्याले स्थूलदेखि सूक्ष्म सत्यसम्मको अनुभूति गराउँछ । यसले कुनै देवीदेउता भगवान्को रूपलाई मान भनेको छैन । यसले आफूले आफूलाई हेर मात्रै भनेको छ ।

अहिलेसम्म धेरे सुनेको थिएँ । मन चञ्चल हुन्छ । जुन त्यही गएर भोगियो । मन कसरी दौडिन्छ । एकैछिन सँगै रहेको मन सूर्यको गतिभन्दा वेग भाग्दोरहेछ । १० दिन खुबै भाग्यो । कता पुग्यो पुग्यो । यसबारे लखेको भए सायद हजारौं पाना भरिन्थे होलान् । तर मुख्यगरी मन दुई स्थानमा भाग्दोरहेछ । एक भूतकाल अर्को भविष्यमा । कि पुराना अतीत सम्झने । कि त भविष्यका योजनामा रमाउने । मनको स्वभावलाई नियालेर उतार्न सायद सम्भवै नहोला । बितिसकेका क्षणलाई संसारको सबै सम्पत्ति खर्च गरे पनि पाइँदैन । भविष्य पनि वर्तमान बन्दासम्म त्यसमा बाँच्न सकिँदैन ।

१० दिन मोबाइल, अन्तरव्यक्ति सञ्चार, टीभी, इन्टरनेटबाट टाढा रहनु कठिन हो । त्यसमाथि एकै ठाउँमा दैनिक १३ घन्टा आँखा बन्द गरेर बस्नु झन् कठिन हो । मेरो अनुभवमा १० दिन 'समयका नाममा कि त दिन भई बित्यो कि त रात भई ।' अनिश्चयको बाक्लो कुहिरोमा बरालिएको कागजजस्तो जीवन जिइरहेका मजस्ता त्यहाँ मार्ग पहिल्याउन सक्दारहेछन् । होलिडे मनाउन भ्रमणमा निस्कनेहरूले यहाँ १० दिन बिताए पछुतो नहोला ।

ekantipur.com

Friday, December 2, 2011

ल्वाङघलेलको लघु जलबिद्युत र लेखनाथ साना शहरी खानेपानीको सम्भावना

विशाल गौतम
 करिब एक करोडको लागतमा निर्मीत सैती खोला लघु जलबिद्युत आयोजनाबाट ४४ किलोवाट बिधुत उत्पादन गरी ल्वाङघलेल गाविसका वडा नं ४,५,७र ८ एवं रिभान गाविसका वडा नं ४र ५ निवासी स्थानियहरु २४सै घण्टा विजुलीको साथ पाई रेहका छन् । सुन्दा अचम्म लाग्ने गर्छ । उनिहरुले २४ घण्टा बिजुली मात्र प्राप्त गरेका छैनन् प्रति युनिट नगन्य ५० पैसा मात्र भुक्तानी गरीरहेका छन् । १० घण्टा लोडसेडीङ्ग भएको बेलामा अझ बिधुतको भाउ बढ्दै छ र फागुन बाट १८ घण्टा लोडसेडिङ्ग हुँदैछ भन्ने नेपाल बिधुत प्राधिकरणको सुचना थाहा पाउदा त्रसित उपभोक्ता लाई यो खबरले
रामराज्य भेटे जस्तो लाग्ला । अझ प्रति युनिट ५० पैसा सुन्दा त लाग्ला यस्तो पनि छ नेपालमा ! आहा ! अनि आँफैलाई धिकार्न मन लाग्छ होला नरपालिकाको बासिन्दा भएकोमा नाम मात्र नगरपालिका राखेर के हुँदो रहेछ खै न २४ घण्टा पानी छ न विजुलि तर नगरपालिकालाई कर भने तिर्नु पर्ने कस्तो अचम्म ! संगैको छिमेकी गाविसले त्यस्तो प्रगती गर्दा पनि हामी लेखनाथवासी पछि नै छौ । सम्भावना हाम्रो नगरमा पनि छ तर पहिचान गर्ने कस्ले ? विदेशी हरु आएर ल तिमी संग यस्तो छ तिमीहरु ले हामीले भने जस्तै गर ८० प्रतिशत हामीलाई २० प्रतिशत तिमी (नेपाली) हरुलाई, अनि सर्त राख्छन हाम्रो मोडलमा बिजुलि निकाल्छौ ? नभनी हामीलाई त्यस संबन्धी सोच्ने र हेर्ने अनी काम गर्ने वानीनै छैन  कस्तो लाजमर्दो कुरा ! आफ्नोमा स्रोत र साधन छ तर देखाई दिनु पर्छ विदेशीले । लेखनाथको सानासहरी खानेपानी आयोजना महंगो पनि प्रचार भै रहँदा पनि सस्तो र बहुउद्धेश्यीय बनाउने सोच छैन सो योजना संग । आलोचना खेप्न तयार छ तर काम गर्न तयार छैन । लभ्सी डाँडा र ज्यामीरकुना डाँडामा भएका पानीका विशाल ट्याङ्की बाट लघु जलबिधुतत निकाल्न मिल्ने भरपुर सम्भावना छ । त्यसलाई कार्ययोजना नबनाउने त ? अझ लेखनाथ –७, को ज्यामिरकुना ट्याङ्कीबाट ठुलै बिधु गृह बनाउन मिल्ने सरल भौगोलिक स्थीती छ । विधुत निकाल्न सामान्यतया १० मिटर उचाई चाहीन्छ त्यस हिसावले पनि डाँडाको विचमा ठुलो १ वटा विधुत गृह वनाउने र तल्लो भागमा त्यही विधुत गृहबाट निस्केको पानीलाई शुद्धीकरण गरेर लेखनाथको तल्लो भागमा खानेपानी वितरण गर्न सकिन्छ । लगानीको अभाव पक्कै हुँदैन सम्पुर्ण खर्च पहिल्यै उक्त डाँडामा पानी चढाउन भै सकेको छ अब त केवल टर्वाईन मात्र जोड्न बाँकी छ र तल फेदीमा अर्को पानी ट्याङ्की बनाउन मात्र खर्च लाग्छ । त्यो खर्च त बिधुत उपभोक्ता समिती बनाउने हो भने उक्त समितीले शेयर वितरण गरेर लगानी योग्य पुँजी संकलन गर्न सकिन्छ । १० देखी २० घण्टा बिधुत बिना बस्ने बाध्यतामा परेका स्थानीयहरु लगानी गर्न बाट पछि हट्छन जस्तो मलाई लाग्दैन ।  ल्वाङ्गघलेल ले जस्तै हामीले पनि गौरव गर्ने केही बनाउने हो की ?