सरकारी हस्तक्षेप तथा अनुगमनका कारण धेरैले यो दशैं तथा तिहारमा दुख पाउछन । सरकारी कमर्चारीको नियत नै कसरी हुन्छ ब्यवसायि लाइ आतन्कित बनाउने, दुख दिने र सो बाट दशैं मान्नको लागि रकम जोहो गर्ने अभिष्ट पुरा गर्ने । यस बाट अलिकति भए पनि उपभोक्ता बादी भनिनेहरूको वाह वाही मा पनि परिने सँग सँगै दशैंमा छोरा छोरी लाइ श्रीमतिलाइ नयाँ लुगा फाटा पनि हुने । बिचरा व्यवसायिहरू (तर कतिपय ब्यवसायिहरू कारबाही योग्य पनि छन है) दोहोरो चेपुवामा पर्ने । अनुगमन गर्ने पदाधिकारी लाइ रकम दिने कि, व्यवसाय बन्द गर्ने कि, मिडियामा नाक मुख देखाउन नहुने गरी अनर्गल एकोहोरो दुत्कारमा पर्ने ?
![]() |
| तस्विरः अन्नपूर्ण पोष्टको टुइटरबाट बासु क्षितिजको रचना । |
राजमार्ग छेउका होटल र लुटतन्त्र अनि अनुगमन
सबैको गुनासो राजमार्ग छेउका होटल पसलले लुटछन यसमा सत्यता छ सँगसँगै कटु यथार्थ पनि जसलाइ हामी कमैले सोच्ने गर्छौ।
· एक छाक सादा खानाको कम्तिमा १५० यात्रुको लागि तथा ड्राइभर र खलासीको लागि निशुल्क किन?
· खाना बासी किन ?
· खाना र बस्ने ठाँउ फोहर किन ?
· खाना पस्कने र दिने ब्यक्ति फोहोरी किन ?
· ६० देखी ८० मा पाइने सामान्य हलुका पेय पदार्थको १०० किन?
· सबै सामान महंगो किन ?
सबैको उत्तर एउटै छ
नेपाल सरकारले कुन ठाँउमा कति होटल खोल्न दिने वा उक्त स्थानको आबश्यकता कति हो त्यसका आधारमा अनुमति नदिइ कन कर बढ्ने मापदण्डलाइ मात्र ध्यानमा राखेर इजाजत दिन्छन । फलस्वरूप बिना अनुभवका, बिना मापदण्डका, बिना कानुनको जानकारी र उपभोक्ताको हित के हो र आफ्नो कर्तब्य के हो भन्ने समेत नबुझ्ने सबैले व्यवसाय संचालनको अनुमति पाउँछन । अनि सुरू हुन्छ कमाउने मेसो जसले गर्दा अनुभव भएका, कानुनको र ब्यबहारीक ज्ञान भएका र त्यसको लागि लामो समय र धन खर्चेका ब्यवसायि र उसले कमाएर खाएको छ मैले पनि सक्छु भन्ने देखासीकी वाला व्यवसायी विच प्रतिस्पर्धा या अस्वस्थ प्रतिस्पर्धा !
दुबैमा फरक के छ ?
Ø पढ्न वा कानुनले निर्दिष्ट गरेको मापदण्ड पुरा गर्न बढी लागत लाग्छ जवकी देखासीकी वालाको लागत शुन्य ।
Ø अनुभवी कुक वेटर राख्दा लागत बढी लाग्छ तर देखासीकी वालाको आधा मात्र ।
Ø सरसफाइमा ध्यान र व्यवस्थित राख्न लागत बढी लाग्छ तर देखासीकी वालाको शुन्य प्राय ।
Ø खानामा शुद्धता तथा गुणस्तरीयता कायम राख्न लागत बढी तर देखासीकी वालाको कम (कुहिन थालेको तरकारी, टमाटर र मिति गुज्रीएको तेल मसला)
Ø कर तथा नविकरण लागत बढी लाग्छ देखासीकी वालाको शुन्य वा विना दर्ता संचालन ।
त्यस अवस्थामा घर जग्गा धितो राखेर कसले गर्ने स्वस्थ प्रतिस्पर्धा ?
ऋणको ब्याज तिरेर कसले गर्ने समाज सेवा ?
अब त्यसरी असमान बाताबरणमा कसरी दुबैले प्रतिस्पर्धा गर्ने ?
Ø ड्राइभरलाइ कमिशन दिने र गाडी आफ्नो मा रोक्न लगाउने ।
Ø खानामा गुणस्तरियता कम गर्ने ।
Ø खानाको मुल्य अस्वभाविक रूपमा बढी राख्ने । (किनकी ड्राइभरले गाडी त्यही बाहेक अन्त रोक्दैन)
अन्तत ग्राहक खाना मन परे पनि नपरे पनि, सफा भए पनि नभए पनि, खाने इच्छा भए पनि नभए पनि ड्राइभरले त्यही लगेर रोक्छ जवरजस्ती खानु पर्छ वा भोकै बस्नु पर्छ । होटल वालालाइ पनि के थाहा छ भने यो मान्छे करीबन बर्षमा एक पटक मात्र हाम्रोमा आउछ उसलाइ जति मुल्य लिए पनि ड्राइभरले नुनको सोझो गर्न यात्रुलाइ यही ल्याउछ त्यसका लागि किन सरसफाइ तथा गुणस्तरमा बढी खर्च गर्ने ? यस्तो स्थितीमा कसरी हुन्छ सस्तो, राम्रो र गुणस्तीय ???
हामी उपभोक्ताले के गर्ने ?
फेरी हामी पनि त २ पैसा जोगाउने चक्करमा राम्रो भन्दा सस्तो खोज्दै हिडछौ । बस चढ्ने बेलामा नै हामी ठगीने पक्का हुन्छ हामी टिकट काउन्टर बाट टिकट काट्दैनौ ५० रूपैया सस्तो हुन्छ भनेर बाटोको बिचमा बसेर मोलतोल गरेर चढ्छौ । जसले गर्दा हामी धेरै कुरामा ठगिन्छौ जस्तो की दुर्घटना भयो भने क्षतिपूर्ति पाइदैन, वसवालाले तपाइले भाडामा मागेको छुट त्यस्तै होटलमा लगेर कमिशनमा उठाउछन, ड्राइभरलाइ सफा ठाँउमा खाना खान रोक भन्न सकीदैन । अनि हामी चाँही हरेक कुरामा भ्रष्टचार गर्ने, अनि भ्रष्टचारीलाइ किरा नपरे कसलाइ पर्छ ? गाडी चढ्दा टिकटमा मात्र चढ्नुस जसले चुल्ठे मुन्द्रेबाट गाडीवाला लाइ समेत ठगिन बाट जोगाउछ, (कलंकी मा गाडी चढ्ने बेलामा हेर्नुस), बिमा पाउनु हुन्छ, गाडी सफा खाना पाइने ठाँउमा रोक्न लगाउने नैतिकता पाउनु हुन्छ, होटलवालालाइ खानाको गुणस्तरीयताको प्रश्न गर्नुस, किचन हेर्नुस खाना कसरी तयार हुन्छ, २ पैसा नहेर्नुस सफा र स्वस्थबर्धक हेर्नुस उपचार गर्ने खर्च भन्दा खाना मिठो र राम्रो खानु फाइदा जनक हुन्छ, खाना फोहर लागेमा ड्राइभरलाइ अन्तै गाडी लैजान भन्नुस किनकी तपाइले पुरापुर भाडा तिर्नु भएको छ । लैजान मानेन भने प्रशाशनलाइ खबर गर्नुस । अनि होटल वाला पनि तह लाग्छन गाडी वाला पनि ।
सरकार र सरकारी अनुगमन वालालाइ अनुरोध
कर मात्र नहेर्नुस गाडी चढ्ने ठाँउ देखी झर्ने बेला सम्मका सबै ठाँउको अनुगमन गर्नुस । राजमार्गको क्षमता भन्दा बढी सवारी दर्ता रोक्नुस जसले गर्दा ड्राइभरले दाँयाँ बाँया गरेर कमाउनु नपरोस । होटल कती चाहीन्छ ? यात्रुको चाप अनुसार मात्र दर्ता गरीदनुस अबैध होटलालाइ जरीवाना र बन्द गरी राजमार्ग सुचना तथा सुधार कार्यमा खर्च गर्नुस । तपाइको मात्र दशैँ मा छोराछोरीको लागि नयाँ लुगा र मिठो खाना चाहिने होइन सबैलाइ यस्तै हो । दशैमा मात्र होइन यात्रुलाइ बाह्रैमास यो समस्या छ, होटलवालाको पनि दशैँ हो उनले पनि छोरा छोरीलाइ कपडा हालिदिनु पर्छ । दुइ दिन अनुगमनको नाटक बाट दशैँ नमनाउनुस, तपाइले अहीले लिने पैसा होटलवालले तिहार पछी असार सम्म यात्रु बाट उठाउछन, फेरी तपाइको कारणले मर्का यात्रुलाइ नै पर्छ । जे कुरा पनि अति भयो भने खति हुन्छ । त्यसैले राजमार्गको क्षमता अनुसार सवारी दर्ता गराउनुस, साना सवारीलाइ (माइक्रो लगायतलाइ) राजमार्गमा गुड्न नदिनुस ठुला सवारी चलाउन लागाउनुस जसले ट्राफिक कम गर्छ बाटोको आयु बढाउछ, कति संख्याका यात्रुलाइ कति होटलले सेवा दिन सक्छन टेवल संख्या अनुसार अनुमति दिनुस । दिएको अनुमती अनुसार होटल चलेको छ छैन त्यसबेला अनुगमन गर्नुस, सातै दिन, कसैलाइ गुनासो हुँदैन । अनि बल्ल यात्रुले सुबिधा पाउछन । दशैमा मात्र होइन राजमार्गमा मात्र होइन सबै व्यवसायमा यस्तै छ । बर्षै भरी अनुगमन गर्नुस पहिला दर्ताको नै अनुगमन गर्नुहोस । बैंक र फाइनान्स जसरी धेरै भएर राष्ट्र बैंक ले मर्जरको निति ल्यायो राजमार्गका होटलको पनि हालत त्यही छ सानो पुँजीले पनि उथल पुथल हुने ठाँउमा बिना योजना बजार ल थेग्न नसक्ने व्यवसाय लाइ अनुमति दिँदा त्यसले लगानि कर्ता त डुब्छन नै लगानिको क्षेत्रनै डुब्छ देशले कर हैन ब्यवसायि छन भन्ने भर पनि पाँउदैन ।
ब्यवसायिलाइ अनुरोध
फलानो ले यो ब्यवसाय बाट कमाएको छ म पनि कमाउछु भनेर अन्धाधुन्द लगानि नगर्नुस थप व्यवसाय बजारले धान्न सक्छ की सक्दैन ? म यो ब्यवसायमा हात हाल्दैछु भने अब हुने नाफामा मेरो हिस्सा कती होला के अब हुने नाफाले म र पुराना व्यवसायी पोषाउन सक्छौँ? मैले पछी अरूले पनि हात हाल्छन त्यस बेला यो क्षेत्रको के हालत हुन्छ ? सोच्न जरूरी छ । उदाहरणको लागि हेर्नुस पस्मिना (पानी, बैंक, सहकारी अरू पनि छन ) । सोचनिय कुरा सबैले यो व्यवसाय गरेका छन म थप के गर्न सक्छु वा मेरो पृथकता के ? म के नया पन दिन सक्छु ? के यसको नाफा ले म बाच्न सक्छु? के नाफा कमाउन मैले उपभोक्ताको अहीत वा २ नंबरी काम त गर्नु पर्दैन ? वा यो भन्दा नयाँ ब्यवसाय पो गर्न सक्छु की ? जब यि कुराको उत्तर पाउनु हुन्छ तब नयाँ व्यवसायमा हात हाल्नुस ।
सबैको जय होस ।

No comments:
Post a Comment