Showing posts with label उद्यमी. Show all posts
Showing posts with label उद्यमी. Show all posts

Sunday, October 11, 2015

केपि ओली ज्यू लाइ विकास पत्र

सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओली ज्यू नमस्कार
देशको सजक नागरीक का हैसियतमा तपाइलाइ पत्र लेख्दै छु कृपया ध्यान एवं मनन गरी दिनु होला ।
सन्दर्भ लोड सेडीङ, डिजल पेट्रोल अभाब र नाकाबन्दी अनि यसको दिर्घकालिन समाधान
नयाँ बिद्युत आयोजना बनाउनका लागि धेरै रकमको आबश्यकता पर्छ जो सरकारले अन्य विकासका खर्च वा प्रशाशनिक खर्च कटाएर जुटाउन नसक्ने त हैन तर मुश्कील पर्छ । जसका लागि कुनै एक आयोजना मात्र भनेर बिदेशि सहायता पनि एकै पटक आउदैन । जलाशय युक्त आयोजना नभइ लोडसेडिङ घट्ने सम्भाबना छैन तसर्थ बुढी गण्डकी लगायत जलाशय युक्त आयोजनाको लागि नेपालीबाट ले नै अर्थ यस प्रकार जुटाउन सकीन्छ ।
१. सरकार ग्यारेन्टी बस्ने गरी सुरूमै सर्वसाधरणका लागि ३० देखी ४० प्रतिशत शेयर निश्काषन गर्ने ।
३० प्रतिशत शेयर सरकारले लगानी गर्ने
१० प्रतिशत निजामती कर्मचारी, आयोजनाका मजदुर (ज्यालादारी वा कर्मचारी) लाइ
५ देखी १० प्रतिशत शेयर बिद्युत प्राधिकरणका कर्मचारीलाइ
५ देखी १० प्रतिशत शेयर लगानि गर्ने संस्थाहरू जस्तै
टेलिकम, नागरीक लगानीकोष, कर्मचारी संचयकोष, बैंक लगायतलाइ
५ प्रतिशत शेयर आयोजना प्रभावित जिल्लाका जनतालाइ
५ प्रतिशत शेयर एन आर एन लाइ
५ प्रतिशत रेमिट्यांस भित्राउने खाडी लगायतमा काम गर्ने नेपालीलाइ
२. सामाग्रीको भ्याट फिर्ता तथा भन्सारमा ५० प्रतिशत छुट दिने, साथै उत्पादन पछी ५ बर्षका लागि ५०

Monday, November 3, 2014

टुथ पाउडर उद्योग

टुथ पाउडर
जकल संसार भरी दाँत र दाँत सम्बन्धी रोगीहरूको संख्या बढ्दै गएको छ । त्यसैले दाँतको लागि बजारमा सयौं प्रकारका टुथ पाउडर, टुथ पेस्ट, माउथवास दी बन्न र बिक्न थालेका छन । यसमा निम्न र मध्यमबर्गको रोजाइमा टुथ पाउडर पर्न जान्छ किनकी यसको मुल्य कम छ । यस्तै कम य श्रोत भएका उपभोक्ताहरूलाइ मध्यनजर गरी यो उद्योग संचालनमा ल्याउन सकिन्छ ।
टुथ पाउडरको स्ट्यान्डर्ड फर्मुला
नेपाल, भारत एवं विदेशमा दैनिक प्रयोगको लागि
विभिन्न प्रकारका दन्त मन्जन बनाइन्छ तर ति अधिकांश मन्जको एक स्ट्यान्डर्ड फर्मुला बाट नै निर्माण हुन्छ । निर्माताहरू यसमा सामान्य फेरबेदल गर्छन जस्तै माले खाना पकाउदा नुन सुरूमा हालेर पकाउनु होला बुहारीले पकाउँदा अन्तीममा, वा दाल झान्दा बुहारीले तेल ताएर गर्लिन माले घ्यु । त्यस्तै कुनै उत्पादकले सुगन्धित पाउडर ज्यादा मिसाउलान, कसैले गुलियो बनाउनको साटो नुन मिसाएर नुनिलो टुथ पाउडर तयार पार्लान । तर जे भए पनि यहाँ एउटा स्ट्यान्डर्ड फर्मुलाको जानकारी दिइएको छ ।
सामाग्री                                                                मात्रा ग्राममा
प्रेसिपिटेटिड चक (क्यालसियम कार्बोनेट)                                      १००
ह्यावी म्याग्नेसियम कार्बोनेट                                               २५
सोपस्टोन पाउडर                                                        ५
थाइमल (अज्वाइन को तत्व)                                               ०.६
मेन्थोल                                                               ०.६
कपूर                                                                  १.९
सेकरीन                                                                ०.३
उत्पादन बिधि
सानो ब्लेन्डर वा ग्राइन्डर जस्तो भाँडोमा ५।६ ग्राम चकमा थाइमल, मेन्थोल, कपुर अनी सेकरीनलाइ राम्रो संग पिसेर मिसउने । बाँकी सामाग्री अर्थात म्यानेसियम र सोप स्टोनलाइ ग्राइन्डरमा हालेर पिस्ने । पिस्ने क्रममा थोरै थोरै गरेर सुगन्ध पाउडरहरू मिसाउने । जब समाग्रीहरू सबै राम्रो मिसिएर मसिनो धुलो हुन्छ तब पाउडरलाइ मेशिनबाट निकालेर बट्टामा प्याकिङ गर्ने । लगभग सबैको उत्पादन बिधि यस्तै हुन्छ । यहाँ थप २ फर्मुला दिइएको छ जस अनुसार भेराइटी उत्पादन गर्न सकिन्छ ।
अक्सीजेनेटेड टुथ पाउडर
यो पाउडर दाँतमा रगड्ने बित्तिकै अक्सिजन उत्पन्न हुन्छ जसले दाँत राम्रो संग सफा हुन्छ ।
सामाग्री                                                              मात्रा ग्राममा
प्रेसिपिटेटिड चक (क्यालसियम कार्बोनेट)                                      ३००
लाइट म्याग्नेसियम कार्बोनेट                                                ६००
सोपस्टोन पाउडर                                                         ७५
सोडियम परबोरेट                                                         २५
थाइमल (अज्वाइन को तत्व)                                                ०.१
युकेलिप्ट्स यल                                                        ५
जिरेनिन                                                              १४
सेकरीन                                                                 ०.७

पिरो टुथपाउडर
सामाग्री                                                                मात्रा ग्राममा
कार्बोलिक एसिड                                                         २५
कपूर                                                                  ३००
केलिन                                                              ६००
सोप स्टोन पाउडर                                                       ७५
बरग्यमट तेल Bergamot oil                                                 ०.१
रोज यल                                                             ५
नेरोली तेल Neroli Oil                                                                                                        १४
ल्वाङको तेल                                                            ०.७


 मेशिन उपकरण र फ्लो चार्ट
१ रिबन टाइप ब्लेन्डर
२ ग्राइन्डर
३ छान्ने मेशिन
४ लेवल स्रिंकिङ मेशिन


Tuesday, October 28, 2014

हेयर फिक्सर उद्योग

हेयर फिक्सर बनाउने तरीका

सामान्यतया जकलका युवाहरू कपाल ठड्याएर वा एक खाले लुक्स दिएर सोही लुक्स साँझ सम्म रहने तेल वा जेलको खोजीमा हुन्छन। यसको माग बजारमा ज्यादै छ । सामान्य एकै जनाले उत्पादनको काम र मार्केटीङ समेत भ्याइने र थोरै पुँजीमा संचालन गर्न सकीने हुँदा यो उद्योग नेपाली युवाहरूले सजीलो संग संचालन गर्न सक्नेछन ।

हेयर फिक्सर को फर्मुला

सामाग्री                               मात्रा (ग्राम मा)
गम ट्रागाकन्थ                         १०
डिस्टिल वाटर                          ९०
मिथायल प्यारा हाइड्रोक्सी बेन्जोइट         १
सुगन्ध वा फरफ्युम                     १
कस्मेटिक कलर (च्छीक)                १

निर्माण बिधि

गम लाइ लगभग दुइ वा तिन घन्टा सम्म डिस्टिल वाटरमा भिजाएर राख्ने , जव सम्म गम फुल्दै रहन्छ । त्यसपछी मदानी वा एमल्सियर को सहायताले राम्रो सँग मोथेर (फेटेर) इमल्सन जस्तो बनाउने । यसमा संरक्षक पदार्थको रूपमा मिथायल प्यारा हाइड्रोक्सी बेन्जोइट र सुगन्धको लागी रोज वाटर वा अन्य कुनै उपयुक्त फरफ्युम मिसाउने । यदी हेयर फिक्सर लाइ रंगिन बनाउने हो भने हानीरहित कस्मेटीक कलर मिसाउने । अब फिक्सर तयार भयो ।

मेशिन उपकरण

१ मिक्सिङ ट्यांक, (स्टेन लेस स्टीलको २०० लि. क्षमताको, एजिटेटर Agitator भएको)
२ स्टोरेज ट्यांक ।
३ प्याकीङ ट्युब
४ ट्युब सिलर




                        तरीका फ्लो डायग्राम

 













                

Monday, September 22, 2014

दशैँ अनुगमन र बिचरा व्यवसायि

सरकारी हस्तक्षेप तथा अनुगमनका कारण धेरैले यो दशैं तथा तिहारमा दुख पाउछन । सरकारी कमर्चारीको नियत नै कसरी हुन्छ ब्यवसायि लाइ तन्कित बनाउने, दुख दिने र सो बाट दशैं मान्नको लागि रकम जोहो गर्ने अभिष्ट पुरा गर्ने । यस बाट अलिकति भए पनि उपभोक्ता बादी भनिनेहरूको वाह वाही मा पनि परिने  सँग सँगै दशैंमा छोरा छोरी लाइ श्रीमतिलाइ नयाँ लुगा फाटा पनि हुने । बिचरा व्यवसायिहरू (तर कतिपय ब्यवसायिहरू कारबाही योग्य पनि छन है) दोहोरो चेपुवामा पर्ने । अनुगमन गर्ने पदाधिकारी लाइ रकम दिने कि, व्यवसाय बन्द गर्ने कि, मिडियामा नाक मुख देखाउन नहुने गरी अनर्गल एकोहोरो दुत्कारमा पर्ने ?
तस्विरः अन्नपूर्ण पोष्टको टुइटरबाट बासु क्षितिजको रचना ।

राजमार्ग छेउका होटल र लुटतन्त्र अनि अनुगमन
सबैको गुनासो राजमार्ग छेउका होटल पसलले लुटछन यसमा सत्यता छ सँगसँगै कटु यथार्थ पनि जसलाइ हामी कमैले सोच्ने गर्छौ
·         एक छाक सादा खानाको कम्तिमा १५० यात्रुको लागि तथा ड्राइभर र खलासीको लागि निशुल्क किन?
·         खाना बासी किन ?
·         खाना र बस्ने ठाँउ फोहर किन ?
·         खाना पस्कने र दिने ब्यक्ति फोहोरी किन ?
·         ६० देखी ८० मा पाइने सामान्य हलुका पेय पदार्थको १०० किन?
·         सबै सामान महंगो किन ?

सबैको उत्तर एउटै छ

नेपाल सरकारले कुन ठाँउमा कति होटल खोल्न दिने वा उक्त स्थानको बश्यकता कति हो त्यसका धारमा अनुमति नदिइ कन कर बढ्ने मापदण्डलाइ मात्र ध्यानमा राखेर इजाजत दिन्छन । फलस्वरूप बिना अनुभवका, बिना मापदण्डका, बिना कानुनको जानकारी र उपभोक्ताको हित के हो र फ्नो कर्तब्य के हो भन्ने समेत नबुझ्ने सबैले व्यवसाय संचालनको अनुमति पाउँछन । अनि सुरू हुन्छ कमाउने मेसो जसले गर्दा अनुभव भएका, कानुनको र ब्यबहारीक ज्ञान भएका र त्यसको लागि लामो समय र धन खर्चेका ब्यवसायि र उसले कमाएर खाएको छ मैले पनि सक्छु भन्ने देखासीकी वाला व्यवसायी विच प्रतिस्पर्धा या अस्वस्थ प्रतिस्पर्धा !
दुबैमा फरक के छ ?  
Ø  पढ्न वा कानुनले निर्दिष्ट गरेको मापदण्ड पुरा गर्न बढी लागत लाग्छ जवकी देखासीकी वालाको लागत शुन्य ।
Ø  अनुभवी कुक वेटर राख्दा लागत बढी लाग्छ तर देखासीकी वालाको धा मात्र ।
Ø  सरसफाइमा ध्यान र व्यवस्थित राख्न लागत बढी लाग्छ तर देखासीकी वालाको शुन्य प्राय ।
Ø  खानामा शुद्धता तथा गुणस्तरीयता कायम राख्न लागत बढी तर देखासीकी वालाको कम (कुहिन थालेको तरकारी, टमाटर र मिति गुज्रीएको तेल मसला)
Ø  कर तथा नविकरण लागत बढी लाग्छ देखासीकी वालाको शुन्य वा विना दर्ता संचालन ।

त्यस अवस्थामा घर जग्गा धितो राखेर कसले गर्ने स्वस्थ प्रतिस्पर्धा ? 
ऋणको ब्याज तिरेर कसले गर्ने समाज सेवा ? 
अब त्यसरी असमान बाताबरणमा कसरी दुबैले प्रतिस्पर्धा गर्ने ?

Ø  ड्राइभरलाइ कमिशन दिने र गाडी फ्नो मा रोक्न लगाउने ।
Ø  खानामा गुणस्तरियता कम गर्ने ।
Ø  खानाको मुल्य अस्वभाविक रूपमा बढी राख्ने । (किनकी ड्राइभरले गाडी त्यही बाहेक अन्त रोक्दैन)

अन्तत ग्राहक खाना मन परे पनि नपरे पनि, सफा भए पनि नभए पनि, खाने इच्छा भए पनि नभए पनि ड्राइभरले त्यही लगेर रोक्छ जवरजस्ती खानु पर्छ वा भोकै बस्नु पर्छ । होटल वालालाइ पनि के थाहा छ भने यो मान्छे करीबन बर्षमा एक पटक मात्र हाम्रोमा उछ उसलाइ जति मुल्य लिए पनि ड्राइभरले नुनको सोझो गर्न यात्रुलाइ यही ल्याउछ त्यसका लागि किन सरसफाइ तथा गुणस्तरमा बढी खर्च गर्ने ? यस्तो स्थितीमा कसरी हुन्छ सस्तो, राम्रो र गुणस्तीय ???
हामी उपभोक्ताले के गर्ने ?
फेरी हामी पनि त २ पैसा जोगाउने चक्करमा राम्रो भन्दा सस्तो खोज्दै हिडछ  । बस चढ्ने बेलामा नै हामी ठगीने पक्का हुन्छ हामी टिकट काउन्टर बाट टिकट काट्दैन ५० रूपैया सस्तो हुन्छ भनेर बाटोको बिचमा बसेर मोलतोल गरेर चढ्छ। जसले गर्दा हामी धेरै कुरामा ठगिन्छजस्तो की दुर्घटना भयो भने क्षतिपूर्ति पाइदैन, वसवालाले तपाइले भाडामा मागेको छुट त्यस्तै होटलमा लगेर कमिशनमा उठाउछन, ड्राइभरलाइ सफा ठाँउमा खाना खान रोक भन्न सकीदैन । अनि हामी चाँही हरेक कुरामा भ्रष्टचार गर्ने, अनि भ्रष्टचारीलाइ किरा नपरे कसलाइ पर्छ ? गाडी चढ्दा टिकटमा मात्र चढ्नुस जसले चुल्ठे मुन्द्रेबाट गाडीवाला लाइ समेत ठगिन बाट जोगाउछ, (कलंकी मा गाडी चढ्ने बेलामा हेर्नुस), बिमा पाउनु हुन्छ, गाडी सफा खाना पाइने ठाँउमा रोक्न लगाउने नैतिकता पाउनु हुन्छ, होटलवालालाइ खानाको गुणस्तरीयताको प्रश्न गर्नुस, किचन हेर्नुस खाना कसरी तयार हुन्छ, २ पैसा नहेर्नुस सफा र स्वस्थबर्धक हेर्नुस उपचार गर्ने खर्च भन्दा खाना मिठो र राम्रो खानु फाइदा जनक हुन्छ, खाना फोहर लागेमा ड्राइभरलाइ अन्तै गाडी लैजान भन्नुस किनकी तपाइले पुरापुर भाडा तिर्नु भएको छ । लैजान मानेन भने प्रशाशनलाइ खबर गर्नुस । अनि होटल वाला पनि तह लाग्छन गाडी वाला पनि ।
सरकार र सरकारी अनुगमन वालालाइ अनुरोध
कर मात्र नहेर्नुस गाडी चढ्ने ठाँउ देखी झर्ने बेला सम्मका सबै ठाँउको अनुगमन गर्नुस । राजमार्गको क्षमता भन्दा बढी सवारी दर्ता रोक्नुस जसले गर्दा ड्राइभरले दाँयाँ बाँया गरेर कमाउनु नपरोस । होटल कती चाहीन्छ ? यात्रुको चाप अनुसार मात्र दर्ता गरीदनुस अबैध होटलालाइ जरीवाना र बन्द गरी राजमार्ग सुचना तथा सुधार कार्यमा खर्च गर्नुस । तपाइको मात्र दशैँ मा छोराछोरीको लागि नयाँ लुगा र मिठो खाना चाहिने होइन सबैलाइ यस्तै हो । दशैमा मात्र होइन यात्रुलाइ बाह्रैमास यो समस्या छ, होटलवालाको पनि दशैँ हो उनले पनि छोरा छोरीलाइ कपडा हालिदिनु पर्छ । दुइ दिन अनुगमनको नाटक बाट दशैँ नमनाउनुस, तपाइले अहीले लिने पैसा होटलवालले तिहार पछी असार सम्म यात्रु बाट उठाउछन, फेरी तपाइको कारणले मर्का यात्रुलाइ नै पर्छ । जे कुरा पनि अति भयो भने खति हुन्छ । त्यसैले राजमार्गको क्षमता अनुसार सवारी दर्ता गराउनुस, साना सवारीलाइ (माइक्रो लगायतलाइ) राजमार्गमा गुड्न नदिनुस ठुला सवारी चलाउन लागाउनुस जसले ट्राफिक कम गर्छ बाटोको यु बढाउछ, कति संख्याका यात्रुलाइ कति होटलले सेवा दिन सक्छन टेवल संख्या अनुसार अनुमति दिनुस । दिएको अनुमती अनुसार होटल चलेको छ छैन त्यसबेला अनुगमन गर्नुस, सातै दिन, कसैलाइ गुनासो हुँदैन । अनि बल्ल यात्रुले सुबिधा पाउछन । दशैमा मात्र होइन राजमार्गमा मात्र होइन सबै व्यवसायमा यस्तै छ । बर्षै भरी अनुगमन गर्नुस पहिला दर्ताको नै अनुगमन गर्नुहोस । बैंक र फाइनान्स जसरी धेरै भएर राष्ट्र बैंक ले मर्जरको निति ल्यायो राजमार्गका होटलको पनि हालत त्यही छ सानो पुँजीले पनि उथल पुथल हुने ठाँउमा बिना योजना बजार ल थेग्न नसक्ने व्यवसाय लाइ अनुमति दिँदा त्यसले लगानि कर्ता त डुब्छन नै लगानिको क्षेत्रनै डुब्छ देशले कर हैन ब्यवसायि छन भन्ने भर पनि पाँउदैन ।
ब्यवसायिलाइ अनुरोध
फलानो ले यो ब्यवसाय बाट कमाएको छ म पनि कमाउछु भनेर अन्धाधुन्द लगानि नगर्नुस थप व्यवसाय बजारले धान्न सक्छ की सक्दैन ? म यो ब्यवसायमा हात हाल्दैछु भने अब हुने नाफामा मेरो हिस्सा कती होला के अब हुने नाफाले म र पुराना व्यवसायी पोषाउन सक्छौँ? मैले पछी अरूले पनि हात हाल्छन त्यस बेला यो क्षेत्रको के हालत हुन्छ ? सोच्न जरूरी छ । उदाहरणको लागि हेर्नुस पस्मिना (पानी, बैंक, सहकारी अरू पनि छन ) । सोचनिय कुरा सबैले यो व्यवसाय गरेका छन म थप के गर्न सक्छु वा मेरो पृथकता के ? म के नया पन दिन सक्छु ? के यसको नाफा ले म बाच्न सक्छु? के नाफा कमाउन मैले उपभोक्ताको अहीत वा २ नंबरी काम त गर्नु पर्दैन ? वा यो भन्दा नयाँ ब्यवसाय पो गर्न सक्छु की ? जब यि कुराको उत्तर पाउनु हुन्छ तब नयाँ व्यवसायमा हात हाल्नुस ।

सबैको जय होस ।