हेयर फिक्सर बनाउने तरीका
सामान्यतया आजकलका युवाहरू कपाल ठड्याएर वा एक खाले लुक्स दिएर सोही लुक्स साँझ सम्म रहने तेल वा जेलको खोजीमा हुन्छन। यसको माग बजारमा ज्यादै छ । सामान्य एकै जनाले उत्पादनको काम र मार्केटीङ समेत भ्याइने र थोरै पुँजीमा संचालन गर्न सकीने हुँदा यो उद्योग नेपाली युवाहरूले सजीलो संग संचालन गर्न सक्नेछन ।
हेयर फिक्सर को फर्मुला
सामाग्री मात्रा (ग्राम मा)
गम ट्रागाकन्थ १०
डिस्टिल वाटर ९०
मिथायल प्यारा हाइड्रोक्सी बेन्जोइट १
सुगन्ध वा फरफ्युम १
कस्मेटिक कलर (ऐच्छीक) १
निर्माण बिधि
गम लाइ लगभग दुइ वा तिन घन्टा सम्म डिस्टिल वाटरमा भिजाएर राख्ने , जव सम्म गम फुल्दै रहन्छ । त्यसपछी मदानी वा एमल्सियर को सहायताले राम्रो सँग मोथेर (फेटेर) इमल्सन जस्तो बनाउने । यसमा संरक्षक पदार्थको रूपमा मिथायल प्यारा हाइड्रोक्सी बेन्जोइट र सुगन्धको लागी रोज वाटर वा अन्य कुनै उपयुक्त फरफ्युम मिसाउने । यदी हेयर फिक्सर लाइ रंगिन बनाउने हो भने हानीरहित कस्मेटीक कलर मिसाउने । अब फिक्सर तयार भयो ।
मेशिन उपकरण
१ मिक्सिङ ट्यांक, (स्टेन लेस स्टीलको २०० लि. क्षमताको, एजिटेटर Agitator भएको)
२ स्टोरेज ट्यांक ।
३ प्याकीङ ट्युब
४ ट्युब सिलर

No comments:
Post a Comment